FAQs Complain Problems

सम्बन्ध विच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
अदालतबाट सम्बन्धवच्छेद भएको फैसलाको मितिबाट ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरु: 

सम्बन्ध विच्छेद दर्ता गराउन  देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।

  •        सूचकको सहिछाप सहितको सूचना फाराम,
  •        नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  •        अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि,
  •        विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका अंगे्रजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति