FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
बच्चा जन्मेको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरु: 

कुनैपनि व्यक्तिको जन्मदर्ता गर्र्न देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछ ।

  • आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
  • स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
  • घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।

यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।