समाचार
वडा नं ६
परिचय
साविक लेले गाउँ विकास समितिको वडा नं. ७, ८ र ९ समायोजन भएर बज्रबाराही नगरपालिकाको वडा नं. १६ र १७ कायम भएको र तत्पश्चात नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार गोदावरी नगरपालिकाको स्थापना भएको र सोही बमोजिम पूर्वमा गोदावरी नगरपालिकाको वडा नं. ५ र कोन्ज्योसोम गाउँपालिका, पश्चिममा गोदावरी नगरपालिकाको वडा नं. ७ र ९, उत्तरमा गोदावरी नगरपालिकाको वडा नं. १० र दक्षिणमा वागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाको सीमा परिधिभित्र गोदावरी नगरपालिकाको वडा नं. ६ अवस्थित छ ।
क्षेत्रफल
गोदावरी नगरपालिका वडा नं. ६ को कुल क्षेत्रफल १२.४९ वर्ग किलोमिटर रहेको छ । जुन गोदावरी नगरपालिकाको कुल क्षेत्रफल ९६.११ को १२.९९प्रतिशत क्षेत्र हो ।
घरधुरी तथा जनसंख्या विवरण
१ घरधुरी संख्या: १०७०
२ जनखंख्या:
महिला: २२०८
पुरुष: २२६९
जम्मा: ४४७७
३ औषत परिवार सदस्य संख्या: ४.१८
४ लैङ्गिक अनुपात:४.१८
स्रोतः राष्ट्रिय जनगणना, २०७८
वडाको विस्तृत वस्तुगत विवरण हेर्नको लागि फाईल डाउनलोड गर्नुहोस्।
https://drive.google.com/file/d/1I13oUf-OZsjQANyy3TWv1x0p4A-54UWk/view?u...