FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
मृत्यु भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरु: 

कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।

  •        मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
  •        सूचकको सहिछाप सहितको सूचना फाराम,
  •        सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  •        मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
  •         स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।